काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १० ओभरमा ८७ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको जनकपुरले पावरप्लेमा १ विकेटको क्षतिमा ५५ रन जोडेको थियो ।
त्यसपछि दोस्रो विकेटको लागि अनिलले लाहिरुसँग ३२ रनको साझेदारी गरे । १० ओभरमा जनकपुर १ विकेटको क्षतिमा ८७ रनमा खेलिरहेको छ । ओपनर अनिल शाह ४४ ओपनर र लाहिरु मिलान्था १७ रनमा खेलिरहेका छन् ।
आसिफ शेखले १६ रन बनाएर साद बिन जफरको बलमा विवेक यादवको हातमा क्याच आउट भए । जनकपुर र लुम्बिनी दुवैको यो चौथो खेल हो । जनकपुर अविजित छ भने लुम्बिनी हालसम्म कुनै खेल जित्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !