जनकपुर बोल्ट्स टस जितेर फिल्डिङ गर्दै
काठमाडौं : एनपीएलको आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको हो।
जनकपुरका कप्तान अनिलकुमार शाहले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
जनकपुर अहिलेसम्म भएको सबै खेलमा जित हात पारेर पहिलो स्थानमा छ। अपराजित यात्रा तय गरेको जनकपुरले आज पनि जिते दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने छ।
सुदुरपश्चिम रोयल्स भने चार खेलमध्ये तीनवटामा जित हासिल गरेर अंक तालिकाको दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस !