पावरप्लेमा काठमाडौंको ४ विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पावरप्लेमा २३ रन बनाएको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं गुर्खाजले पावरप्लेमा ४ विकेट गुमाउँदै २३ रन बनाएको हो।
पहिलो ओभरको तेस्रो बलमा माइकल लेभिट डक आउट भए । उनलाई रेमोन सिमोन्डले बोल्ड गरे ।
चौथो विकेट सुमित महर्जनको गयो । उनलाई साद बिन जफरले ५.५ ओभरमा ४ रनमा एलबीडब्ल्यु आउट गरे । हाल क्रिजमा भिम सार्की ६ रन र डान डाउथवेट १ मा खेलिरहेका छन् ।
लुम्बिनीका लागि साद बिन जफरले २ विकेट लिए । अभिषेश गौतम र रेमोन्ड सिमोनले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस !