सुशासन र स्थायित्वका लागि कांग्रेस-एमालेको सरकार : प्रधानमन्त्री ओली

सुशासन र स्थायित्वका लागि कांग्रेस-एमालेको सरकार : प्रधानमन्त्री ओली
सुन्नुहोस्

तेह्रथुम  : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई स्थिरता, स्थायित्व, सुशासन र विकासको गतिमा अघि बढाउन नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेको बताएका छन्।

बुधबार आफ्नो जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै ओलीले देशको अप्ठ्यारो स्थितिलाई हेरेर कांग्रेस एमालेको सरकार बनेको बताएका हुन्। विगतको राजनीतिक घटनाक्रमले देशको सुशासन र विकासमा देखिएको असन्तुलित परिस्थितीलाई सुगति दिनका लागि पनि सरकार बनाइएको उनले बताए।

आफ्नो आधारभूत शिक्षा पूरा गरेको उक्त विद्यालय १८ कोठे भवनको प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका थिए। यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरे। उक्त विद्यालयमा प्रधानमन्त्री ओलीले कक्षा ४ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले बताए। 

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा कुल चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख रुपैयाँमा उक्त भवन निर्माण भएको विद्यालयले जनाएको छ। प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते आठराई गाउँपालिकास्थित ईवामा जन्मिएका हुन्।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.