रासिदले लिए तेस्रो विकेट, पोखराको पाँचौं विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा पोखरा एभेन्जर्सको पाँचौं विकेट पतन भएको छ। दिलिप नाथ २७ रन बनाएर पेभेलियन फर्किएका छन्। २७ बलमा उनले २ छक्का प्रहार गरे।
काठमाडौंका रासिद खानले उनलाई बोल्ड गरेका हुन्। रासिदको यो तेस्रो विकेट हो। यसअघि उनले कप्तान कुशल भुर्तेल र दिनेश खरेलको विकेट लिएका थिए।
भुर्तेल ७ रन बनाएर आउट भए भने खारेलले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए। त्यस्तै ओपनर एन्ड्रीज गस शून्यमै आउट भए। उनलाई गेहार्ड इरासमसले आउट माइकल लेभिटबाट क्याच गराए।
प्रतिक्रिया दिनुहोस !