एनपीएलमा स्टेफेनको अर्धशतक, काठमाडौंले कटायो १०० रन
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजका स्टेफेन इस्कीनाजीले अर्धशतक प्रहार गरेका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। उनले २८ बलमा १० चौकासहित ५१ रन बनाए।
यसैबीच काठमाडौंले १०० रन कटाएको छ। ११ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा काठमाडौंले १०८ रन बनाएको हो। काठमाडौंका लागि माइकल लेभिटले ३२ रन बनाउँदा स्टेफेन ५९ रन र भीम सार्की १६ रनमा अविजित छन्।
प्रतिक्रिया दिनुहोस !