कुशल मल्लको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजका कप्तान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। टियु क्रिकेट मैदानमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन्।
उनले २८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। टस जितेर ब्याटिङ गरेको चितवनले १६ ओभरको समाप्तिमा १३१ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !