टस जितेर बलिङ गर्दै काठमाडौं, विराटनगरको पहिलो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा आइतबार कप्तान करण केसीले बलिङ गर्ने निर्णय गरेका हुन्।
यसैबीच विराटनगर किंग्सको पहिलो विकेट पतन भएको छ। लोकेश बम ८ रन बनाएर पेभेलियन फर्किएका छन्। ९ बलमा यनले १ चौका प्रहार गरे।
प्लेअफ पुग्न काठमाडौंले यो खेल जित्नैपर्ने हुन्छ। विराटनगर भने प्लेअफ दौडबाट बाहिरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !