काठमाडौंको चौथो विकेट पनि पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा काठमाडौं गुर्खाजको चौथो विकेट पतन भएको छ। भीम सार्की १ रन बनाएर आउट भएका छन्। क्रिस सोलले उनको विकेट लिएका हुन्।
यसअघि गेहार्ड इरासमस १२ रन र माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए। विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा उनीहरूको विकेट लिए।
त्यसअघि स्टेफेन इस्किनाजी १ रन बनाएर पेभेलियन फर्किएका थिए। विराटनगरका बसिर अहमदले उनको विकेट लिए। विराटनगरले काठमाडौंलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !