पावरप्लेमा कर्णालीको ३ विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग अन्तर्गतको अन्तिम खेलमा कर्णाली याक्सले पावरप्लेमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको छ।
कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो विकेटको रुपमा पहिलो ओभरको अन्तिम बलमा रित गौतमलाई गोल्डेन डक आउट बनाए।
दोस्रो विकेट अर्का ओपनर बाबर हायातलाई गुमायो। दोस्रो ओभरको अन्तिम बलमा केग्गेलिनको बलमा अभिवाश बोहोराको हातमा क्याच भए।
सुदूरपश्चिम लागि हर्मप्रित सिंह र स्कट केग्गेलिनले समान १/१ विकेट लिए।
सुदूरपश्चिम हालसम्म ६ खेलमा ५ खेल जित्दै शीर्ष स्थानमा रहेको छ। कर्णाली भने आजको खेलमा हार बेहोरे पनि कम दूरीको हारले प्लेअफमा स्थान बनाउन सक्छ। यदि आज निकै नराम्रो हार बेहोरेमा कर्णाली शीर्ष चारबाट बाहिरिनेछ।
प्रतिक्रिया दिनुहोस !