पावरप्लेमा सुदूरपश्चिम रोयल्सले बनायो ३ विकेट गुमाउँदै ३० रन

पावरप्लेमा सुदूरपश्चिम रोयल्सले बनायो ३ विकेट गुमाउँदै ३० रन
तस्बिर : एनपीएल
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को लिग चरण अन्तर्गत पावरप्लेमा सुदूरपश्चिम रोयल्सले ३ विकेट गुमाउँदै ३० रन बनाएको छ। 
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरले पावरप्लेमा ३० रन बनाएको हो। 

दोस्रो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई विपिन शर्माले एलबीडब्ल्यू आउट गराए। उनले ५ बलमा १ चौकासहति ५ रन बनाएर पेभेलियन फर्किए। 

दोस्रो विकेटका रुपमा सुदूरपश्चिम रोयल्सले अर्का ओपनर सैफ जैबलाई गुमायो। उनले १३ बलमा २ चौकासहित १३ रन बनाउँदै सोमपाल कामीको बलमा एलबीडब्ल्यू आउट भए। 

तेस्रो विकेटका रुपमा सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलेन रन आउटका रुपमा आउट भए। कर्णालीका लागि सोमपाल कामी र विपिन शर्माले १/१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.