झापा कपको क्वाटरफाइनलबाटै बाहिरियो आर्मी, सिराहाको सलहेश सेमिफाइनलमा

झापा कपको क्वाटरफाइनलबाटै बाहिरियो आर्मी, सिराहाको सलहेश सेमिफाइनलमा
सुन्नुहोस्

झापा : उपाधिको दाबेदार मानिएका विभागीय टोली त्रिभुवन आर्मी प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। 

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी सिराहाको सलहेश युवा क्लबसँग स्तब्ध भएको छ। सलहेश युवा क्लबले आर्मीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे। खेलको १७ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० ले अग्रता दिलाए। मैदानको मध्य भागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन्। कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो।

सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले खेलको २५ औ मिनेटमा गरे। आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए। आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने निकाल्न सकेन। खेलको २० औ मिनेटमा आर्मीका नीरज भुजेलले विपक्षी डिबक्समा पाएको बल सदुपयोग गर्न सकेनन्। खेल अनुशासन उल्लङ्घन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए।

खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजक समितिले जनाएको छ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.