सोमपाल कामीले लिए सुदूरपश्चिमको दोस्रो विकेट

सोमपाल कामीले लिए सुदूरपश्चिमको दोस्रो विकेट
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सको दोस्रो विकेट लिएको छ। लिगको जारी अन्तिम खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याउनेक्रममा सुदूरपश्चिमका सैफ जैब आउट भएका हुन्। 

तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले उनलाई पेभेलियन फर्काएका हुन्। उनले ११ रन बनाए।
 

त्यस अगाडि दोस्रो ओभरको अन्तिम बलमा ओपनर बिनोद भण्डारीलाई विपिन शर्माले पेभेलियन फर्काएका हुन्। भण्डारीले ५ बलमा ४ रन बनाए। 
अहिले सुदूरपश्चिम रोयल्स ३ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १९ रन बनाएर खेलिरहेको छ।

२० ओभरको अन्तिम बलमा विपिन शर्मा आउट हुँदा कर्णाली १०१ रनमा अलआउट भएको हो। सुदूरका लागि हर्मप्रित सिंहले सर्वाधिक ३ विकेट लिए। कप्तान दिपेन्द्र सिंह ऐरी र स्कट केग्गेलिनले समान २/२ विकेट र सैफ जैबले १ विकेट लिए। 

सुदूर हालसम्म ६ खेलमा ५ खेल जित्दै शीर्ष स्थानमा रहेको छ। १०२ को लक्ष्य सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा पूरा गरेमा काठमाडौं गुर्खाज प्लेअफ पुग्नेछ भने कर्णाली प्लेअफबाट बाहिरिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.