दोस्रो ओभरमै गुम्यो सुदूरपश्चिमको पहिलो विकेट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग अन्तर्गतको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सको पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याउनेक्रममा सुदूरपश्चिमका ओपनर बिनोद भण्डारी आउट भएका हुन्।
दोस्रो ओभरको अन्तिम बलमा उनलाई विपिन शर्माले पेभेलियन फर्काएका हुन्। भण्डारीले ५ बलमा ४ रन बनाए।
अहिले सुदूरपश्चिम रोयल्स २ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ९ रन बनाएर खेलिरहेको छ।
२० ओभरको अन्तिम बलमा विपिन शर्मा आउट हुँदा कर्णाली १०१ रनमा अलआउट भएको हो। सुदूरका लागि हर्मप्रित सिंहले सर्वाधिक ३ विकेट लिए। कप्तान दिपेन्द्र सिंह ऐरी र स्कट केग्गेलिनले समान २/२ विकेट र सैफ जैबले १ विकेट लिए।
सुदूर हालसम्म ६ खेलमा ५ खेल जित्दै शीर्ष स्थानमा रहेको छ। १०२ को लक्ष्य सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा पूरा गरेमा काठमाडौं गुर्खाज प्लेअफ पुग्नेछ भने कर्णाली प्लेअफबाट बाहिरिनेछ।
प्रतिक्रिया दिनुहोस !