टस जितेर बलिङ गर्दै चितवन, कर्णालीको पहिलो विकेट पतन
पुष ३, २०८१ बुधबार ९:२१:५
काठमाडौं : नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा चितवनले टस जितेर कर्णालीविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ। कप्तान कुशल मल्लले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
यसैबीच कर्णालीको पहिलो विकेट पतन भएको छ। दोस्रो ओभरको पहिलो बलमै रित गौतम डकआउट भएका छन्। उनलाई चितवनका सोहिल तनवीरले विकेट लिए हुन्।