कर्णालीको दोस्रो विकेट पतन, पावरप्लेमा बनायो ४९ रन
काठमाडौं : नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सको दोस्रो विकेट पतन भएको छ। जिसन मक्सुद १४ रन बनाएर पेभेलियन फर्किएका छन्। १२ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे।
चितवनका शरद भेषावकरले उनको विकेट लिएका हुन्। यसअघि दोस्रो ओभरको पहिलो बलमै रित गौतम डकआउट भए। सोहिल तनवीरले उनको विकेट लिए हुन्।
यसैबीच पावरप्लेमा कर्णालीले ४९ रन बनाएको छ। कर्णालीका जयकिशन कोलसवाला ३५ रन बनाएर खेलिरहेका छन्। उनले २३ बलमा ६ चौका १ छक्का प्रहार गरेका छन्।
प्रतिक्रिया दिनुहोस !