चितवनलाई पहिलो झट्का
पुष ३, २०८१ बुधबार ११:२:३५
काठमाडौं : नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा चितवन राइनोजलाई पहिलो झट्का लागेको छ। हसन इसाखिल १ रन बनाएर आउट भएका छन्। कर्णालीका कप्तान सोमपाल कामीले उनलाई गुल्शन झाबाट क्याच गराएका हुन्।
कर्णालीले चितवनलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।