चितवनको दोस्रो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा चितवन राइनोजको दोस्रो विकेट पतन भएको छ। विपिन रावल १८ रन बनाएर आउट भएका हुन्। उनले १० बलमा ४ चौका प्रहार गरे।
कर्णालीका कप्तान सोमपाल कामीले उनको विकेट लिएका हुन्। यसअघि पनि सोमपालले हसन इसाखिलको विकेट लिएका हुन्। उनी १ रन बनाएर आउट भएका थिए।
कर्णालीले चितवनलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !