बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने
सुन्नुहोस्

झापा : बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ।  बिर्तामोड उद्योग वाणिज्य संघले निजी क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँदै व्यापार–व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव लगाउन लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। 

आगामी माघ ८ देखि १९ गतेसम्म बिर्तामोड नगरपालिका–५ स्थित धर्मकाँटा रोडको मंगल एकता टोलको खाली जमिनमा महोत्सव सञ्चालन हुने संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए। व्यापार महोत्सवले सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रूपमा लिइएको अध्यक्ष न्यौपानेको भनाई छ। 

महोत्सवमा व्यापारसँगै कृषि तथा घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखिएको छ। कृषिका स्टललाई निःशुल्क राखिने उनले बताए। महोत्सवलाई चार भागमा विभाजन गरिएको छ। महोत्सवमा सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान, प्रदर्शनी तथा बिक्री कक्ष र मनोरञ्जन तथा खानपान क्षेत्र रहेका छन्। महोत्सवमा १५० वटा स्टल रहने र छुट्टाछुट्टै चार विधाका अलग –अलग स्टल राखिने संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक विशाल थापाले जानकारी दिए। 

महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संयोजक थापाको भनाई छ। प्रदर्शनी कक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्य वस्तुहरू, हस्तकला तथा तयारी पोशाक तथा जुत्ता चप्पल प्रदर्शनमा रहने जनाइएको छ।  

महोत्सवमा चर्चित कलाकारहरू तथा विभिन्न ब्यान्डको दैनिक साङ्गीतिक प्रस्तुति रहनेछ। बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरूका स्टल रहने संघका महासचिव कुशल खतिवडाले जानकारी दिए। महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पार्किङको व्यवस्था हुने उनको भनाई छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.