विकासको गति उल्टो दिशातर्फ फर्किएको छ : खनाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्किएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले जनतामा देश विकासको बाटोतर्फ अघि बढोस् भन्ने चाहना भएपनि विकासको गति उल्टोदिशातर्फ फर्किएको धारणा राखेका हुन्।
देशमा दुई तिहाइको सरकार रहेपनि मुलुकको विकास निर्माणको अवस्था गति न मतिको रहेको उनको आरोप छ। पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुकको हर क्षेत्रमा समस्यामात्रै रहेको जिकिर गरे।
उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशलाई हरहालतमा सफलतातर्फ अघि बढाउनुपर्ने धारणा पनि राखे।
प्रतिक्रिया दिनुहोस !
८