मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी, सुरक्षा गार्ड घाइते

मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी, सुरक्षा गार्ड घाइते
सुन्नुहोस्

जोमसोम : जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा बिहीवार बिहान करिव १:४० बजे आगलागी भएको छ । आगलागीबाट सिडियोका पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन् ।

घाइते पिएसओ तिवारीलाई एम्बुलेन्स मार्फत पोखरा झारिँदै गरेको मुस्ताङका सहायक सिडियो रामप्रसाद सुवेदीले जानकारी दिए ।  घाइते तिवारीको हात र औँलामा चोटपटक लागेको र उनको अवस्था मध्यम रहेको सहायक सिडियो सुवेदीले बताए ।

आगलागी विद्युत सट वा ग्यास लिक भएर हुन सक्ने उनको भनाइ छ । तिवारी आगलागी भएको थाहा पाएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए । 

आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । उक्त प्रशासनको भवनको माथिल्लो तलाको एक कोठामा सहायक सिडियोको क्वाटर र अर्कोमा सिडियोका पिएसओ बस्ने गर्थे।

आगलागीबाट प्रशासन कार्यालयको भवनमा आशिंक क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.