अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्प


काठमाडौं : अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्ने भएका छन्। दोस्रो कार्यकालका लागि ट्रम्पले नेपाली समय अनुसार आज राति अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिन लागेका हुन्।

अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण भएपछि ट्रम्पले कार्यभार सम्हाल्ने छन्। शपथ ग्रहणपश्चात उनले आज सैनिक कवाज र परेड अवलोकन गर्ने छन्।

सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरू वासिङ्टन पुगेका छन्। कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पदभार ग्रहण गरेसँगै ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने, अध्यादेश ल्याउने तयारी गरेका छन्। ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित विषयलाई कार्यादेशमा समेट्नेछन्।

यस अगाडि सन् २०१७ मा पनि ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.