सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने अदालतमा उपस्थित, पत्रकारलाई प्रवेश निषेध

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने अदालतमा उपस्थित, पत्रकारलाई प्रवेश निषेध
सुन्नुहोस्

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालतमा रुपन्देहीमा उपस्थित भएका छन् । 

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने श्रीमती निकिता पौडेलसहित मंगलबार साँझ भैरहवा पुगेका थिए । अदालतमा उपस्थित भएका लामिछानेको सुरुमा बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताइएको छ ।

लामिछाने अदालतमा उपस्थित हुँदा अदालत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने समाचार संकलनका लागि अदालतमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ ।

सुरक्षा व्यवस्था कडा बनाइएको अदालत क्षेत्र । तस्बिर : सलमान खान।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.