सुप्रिम सहकारी ठगी प्रकरण : रुपन्देही अदालतमा रवि लामिछानेको बयान सुरु

सुप्रिम सहकारी ठगी प्रकरण : रुपन्देही अदालतमा रवि लामिछानेको बयान सुरु
सुन्नुहोस्

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बयान सुरु भएको छ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन्।

सहकारी ठगी र संगठित अपराधमा मुद्दाका प्रतिवादी लामिछानेको बयान सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। 

इजलास अधिकृतले मुद्दामा बयानका लागि मिसिल अध्ययन गर्दा बयान सुरु गर्नमा ढिलाई भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.