बैतडीमा जीप दुर्घटना, ६ जना घाइते

बैतडीमा जीप दुर्घटना, ६ जना घाइते
सुन्नुहोस्

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका १ को गणानबाट इराना जाने क्रममा शनिवार बिहान ५ बजे सोही वडाको माँडौ भन्ने स्थानमा सुपप्र ०१ ००१ च ४०२८ नम्बर जीप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् । 

घाइते हुनेमा सिगास गाउँपालिका-१ इरानाका १४ वर्षीया जयन्ती धामी, सोही ठाउँका ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका जिल्ला प्रहरी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरी प्रवक्ता पाण्डेयले बताए । चालकसहित जीपमा ८ सवार रहेका प्रहरीले जनाएका छन्। 

जीप सडकबाट ७ सय मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.