गुल्मीको मालिकामा महिला मृत फेला

गुल्मी : गुल्मीमा एक जना महिला मृत फेला परेकी छन्। मालिका गाउँपालिका-४ स्थित पर्यटकीय क्षेत्र मालिका पिस पार्क पश्चिम गेटमा गीता अर्याल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
दाहालका अनुसार ४० वर्षीय अर्याल मालिका गाउँपालिका –८ डक्सुमारेकी हुन्। उनी विगत सात वर्षदेखि माइतिघरमा बस्दै आएकी थिइन्। शनिबार बिहान पार्कमा सरसफाइको काम गर्ने निमलाल अर्याललले अचेत अवस्थामा फेला परेको भनेर प्रहरीलाई जानकारी गराएका थिए।
महिलाले अत्याधिक मापसे गरी हिँड्ने गरेको स्थानीयमार्फत बुझिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
