सभामुख र प्रमुख सचेतकबीच छलफल

प्रतिपक्षीले अध्यादेशमा उठाएका विषयलाई सदनमा नै छलफल हुने

माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार

प्रतिपक्षीले अध्यादेशमा उठाएका विषयलाई सदनमा नै छलफल हुने
तस्बिर : सभामुख सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका विषयमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सन्दर्भमा सभामुख घिमिरेले विभिन्न दलसँग छलफल गरेका हुन्।

सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ। माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेबल गर्ने र प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गरेको उनले बताए। घिमिरेले प्रतिपक्षीले अध्यादेशका विषयमा उठाएका विषयहरूलाई सदनमा नै छलफल गर्ने तयारी भएको उल्लेख गरे।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले १८ गते सुरु भइ २२, २३ र २४ गते संसद बैठक बस्ने जानकारी दिए। १८ गते बस्ने बैठकमा अध्यादेश पेश हुने र २२ गते निर्णयार्थ प्रस्तुत हुने उनको भनाई छ। उनले माघ २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्ने र २८, २९ र ३० गते गते संसद बैठक बस्ने जानकारी दिए।

संसदको सुरुका दिन शीर्ष नेताहरूले सम्बोधन गर्दा विश्वासको वातावरण निर्माण हुने बर्तौलाले विश्वास व्यक्त गरे। माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न माघ १५ गते मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.