जसपा नेपालको ठहर:  समाजवादी मोर्चा प्रचण्डको बाँसुरी

जसपा नेपालको ठहर:  समाजवादी मोर्चा प्रचण्डको बाँसुरी

काठमाडौं : समाजवादी मोर्चा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजाउने बाँसुरी रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिले ठहर गरेको छ। 

बैठकले समाजवादी मोर्चालाई प्रचण्डले आफू अनुकूल प्रयोग गर्ने गरेको ठहर गरेको हो। बैठकले प्रचण्डले आफूलाई फाइदा हुनेगरी समाजवादी मोर्चालाई प्रयोग गरेको जनाएको छ। समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले समाजवादी मोर्चा र प्रचण्डबारे यस्तो प्रतिक्रिया दिएको स्रोतले बताएको छ। 

प्रचण्डले माफी  नमागेसम्म समाजवादी मोर्चामा आफ्नो पार्टी सहभागी नहुने पार्टी प्रवक्ता मनिष सुमनले बताएका छन्। ‘समाजवादी मोर्चा प्रचण्डजीको बेमौसमी गाजरको बाँसुरी हो। प्रचण्डलाई बजाउन मन लाग्यो भने बजाउनु हुन्छ, भोक लाग्यो भने क्वापै खाइदिनुहुन्छ ’, प्रवक्ता सुमनले भने, ‘प्रचण्डजीको मनमौजी मोर्चामा बसेर के काम ? आफूलाई संकट पर्दा मात्रै उहाँलाई मोर्चाको याद आउँछ । अरू बेला ६ महिनासम्म बैठक नै हुँदैन।’

शनिबारदेखि जारी जसपा नेपालको केन्द्रीय समितिको बैठकमा भएको छलफल सुनाउँदै संविधान संशोधन पार्टी मुख्य कार्यभार रहेको उनले बताए। ‘बैठकमा सबैको जित हुने गरी संविधान संशोधन हुनुपर्ने जसपाका नेताहरूले धारणा राखेका छन् । ‘संविधान संशोधन अल्पमत र बहुमतले पास वा फेल गर्ने कुरा हुँदैन । जनताको हितमा र मधेस आन्दोलनको स्प्रिटमा संविधान संशोधन हुनु पर्छ’, प्रवक्ता सुमनले भने।

शनिबार र आइतबार सबै केन्द्रीय कार्यकारणी सदस्यहरुहरुले धारण राखेका छन्।  सोमबार पार्टीका अध्यक्ष उपेन्द्र यादव आगामी राजनीतिक कार्यदिशा, बैठकको निचोड प्रस्तुत गर्ने छन्। त्यसपछि बैठक सकिने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.