ओलीले भने : मैले हाच्छ्युँ गरेको देख्यो भने आइसीयूमा बसेको फोटो आइहाल्छ तर त्यस्तो आस नगर्नू

ओलीले भने : मैले हाच्छ्युँ गरेको देख्यो भने आइसीयूमा बसेको फोटो आइहाल्छ तर त्यस्तो आस नगर्नू

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे।

भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई दलले स्थिरता दिने संकल्प गरिसकेको बताएका हुन्।

‘सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन। नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्। यसमा ढुक्क भए हुन्छ।’ 

प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसीयुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै उनले भने, ‘मलाई रूघाखोकी लागेको थियो अहिले पनि निको भइसकेको छैन। एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छ्युँ गरेको देख्यो भने आइसीयुकक्षकमा बसेको फोटो आइहाल्छ। खोक्न पाएको छैन, आइसीयूमा बसेको देखाउँछन्। जे आशामा साथीहरुले आइसीयुमा देखाउँछन् त्यता पुगिहाल्ने बेला भएको छैन।’

राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए। सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प नभएको उनको भनाई छ।

‘अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ। जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन। राम्रो प्रणाली नभईकन विकास हुँदैन। काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन। देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ। सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन। नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्। यसमा ढुक्क भए हुन्छ।’ 

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे। उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिट्टै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट पारे।

उनले भने, ‘मलाई रुघाखोकी लागेको थियो अहिले पनि निको भइसकेको छैन। एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियुकक्षकमा बसेको फोटो आइहाल्छ। खोक्न पाएको छैन, आइसियुमा बसेको देखाउँछन्। जे आशामा साथीहरुले आइसीयूमा देखाउँछन् त्यता पुगिहाल्ने बेला भएको छैन।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाएँ भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन प्रचण्डलाई  आग्रह गरे।

प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतंकको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.