कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। सभामुख देवराज घिमिरेले बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बस्नेगरी बैठक बोलाएका हुन्।
माघ १८ गतेदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनको तयारीका लागि सभामुख घिमिरेले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका हुन्। पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ।
हिउँदे अधिवेशनको तयारीका लागि सभामुख घिमिरेले सक्रियता बढाएका छन्। सोमबार पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका सभामुखले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
आजको बैठकमा संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !