निराशावादी चिन्तनबाट माथि उठौं : उपमहासचिव  ज्ञवाली

निराशावादी चिन्तनबाट माथि उठौं : उपमहासचिव  ज्ञवाली
सुन्नुहोस्

गुल्मी : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय देशमा ठूलो निराशाको खेती भइरहेको बताएका छन्। मंगलबार प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले प्रजातन्त्र आएको ३५ वर्षमा सरकारले गरेका काम गर्व गर्न लायक रहेको बताए । 

उनले निराशावादी चिन्तनबाट माथि उठ्नुपर्ने बताए। ´अहिले सरकार गठन भएपछि लामो समयसम्म शिथिल रहेको अर्थतन्त्रमा गतिशीलता, राजश्व सङ्कलन तथा पुँजीगत खर्चमा वृद्धि, आयत निर्यात व्यापारमा प्रबर्द्धन र लगानीको वृद्धिले जनतामा केही आशा र विश्वास बढेको छ`,ज्ञवालीले भने` ´पछिल्लो समय सहकारी क्षेत्रको समस्या समाधानतर्फ सरकारले तीव्र काम गरिरहेको छ। सरकारमा आएका ४२ हजार सहकारी उजुरीमध्ये १४ हजारको समस्या हल भएको छ ।`

उनले सहकारी लगायत अन्य क्षेत्रमा दोषी प्रमाणित हुने जोकोहीलाई सरकारले राजनीतिक पूर्वाग्रह नभई आवश्यक कारबाही अगाडी बढाइने बताए । उनले ९५ प्रतिशत नागरिक विद्युत् र स्वास्थ्य,स्वच्छ खानेपानीको पहुँचमा रहेको दाबी गरे । सरकारले विकट जिल्लाका गाउँ बस्तीमा सडक पहुँच पुर्‍याएको बताउँदै नेता ज्ञवालीले नेपाललाई अर्को वर्ष अल्पविकसित देशबाट विकसित देश बनाउने गरेर काम भएको बताए ।

पुर्वमन्त्री समेत रहेका ज्ञवालीले यो सरकार प्रधानमन्त्रीको फोटो सिंहदरबारमा थप झुण्ड्याउनका लागि वा वायोडाटामा एक लाइन थप्नका लागि नभएको  बताए । उनले यो सरकारमा केही मिसन रहेको र त्यस मिसनलाई पुरा गर्नका लागि यो बनेको स्पष्ट पारे ।

सरकारलाई अस्थिर बनाएर फेरि देशमा समस्या निम्ताउनका लागि केही प्रयास भएका छन् त्यसमा उनीहरू सफल नहुने बताए । सरकारलाई अस्थिरता तिर लैजाने संगठानिक र अराजक प्रयास भइरहेकाले अराजकतामा घिउ थप्नु आफैँलाई हानिकारक हुने धारणा राखे


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.