डोटीमा ११ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
डोटी : डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ। माघ २२ गतेदेखि फागुन २८ गते सञ्चालन हुने खोप अभियानमा कक्षा ६ देखि १० कक्षासम्म पढ्ने जुनसुकै समूहका किशोरीहरू र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको प्रमुख मलासीले बताए। खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत बताए।
जिल्लाभरि विद्यालय जाने १० हजार ९ सय १ र विद्यालय नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ किशोरीलाई खोप लगाइने बताइएको छ। खोप लगाउनका लागि जिल्लाभरि ३ सय २ खोप केन्द्रमा ३ सय ३ जना स्वास्थ्यकर्मी र ६ सय ४ जना स्वयंसेवक परिचालन गरिने समेत कार्यक्रम संयोजक विष्टले बताए।
प्रतिक्रिया दिनुहोस !