रास्वपाको संसदीय दलको बैठक जारी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ। माघ १८ गतेदेखि शुरू हुने हिउँदे अधिवेशनमा रास्वपाको तर्फबाट उठाउने विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बसेको हो ।
बैठकमा संघीय संसद्को हिउँदे अधिवेशनमा रास्वपाका सांसदको भूमिका, कार्ययोजना र प्राथमिकताबारे छलफल गर्न बैठक बोलाइएको हो।
रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेशका अन्तर्वस्तुगत सारमाथि सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने छ। विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नजिता नदेखिएको अवस्थामा संसद् अघि हतास मनस्थितिमा काम देखाउन सरकारले अध्यादेश ल्याएको रास्वपाको ठहर छ।
प्रतिक्रिया दिनुहोस !