अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किए : विमान नदीमा खस्यो, उद्धार कार्य जारी

अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किए : विमान नदीमा खस्यो, उद्धार कार्य जारी

वासिङटन डिसी : अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ। 

उक्त विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य रहेका छन्।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। उद्धार कार्य भइरहेको सीएनएनमा उल्लेख छ।

अमेरिकाको संघीय उड्डयन प्रशासन र रक्षा अधिकारीहरूका अनुसार वाशिंगटन डीसी बाहिर रेगन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको हो। विमान धावनमार्ग नजिकै पुग्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको हो। ह्वाइट हाउसले घटनामा सैन्य हेलिकप्टर संलग्न भएको पुष्टि गरेको छ।

हालसम्म कुनै पनि हताहतको पुष्टि भएको छैन। अमेरिकन एयरलाइन्सको ५३४२ विमान विचिटा, क्यान्ससबाट उडेको थियो। 

हाल रेगन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.