एकीकृत समाजवादीले भन्यो- देश लुट्न अध्यादेश ल्याइयो

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले अध्यादेशको विरोध गर्ने जानकारी दिएको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा उत्रिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए।
'सरकारले अध्यादेशको नाममा देश लुट्न खोजेको छ। हामी अध्यादेशको विरोधमा उत्रिन्छौं। हेर्न चाहिँ अध्यादेशजस्तो बनाइएको छ। तर, देश लुट्न खोजेको छ,' उनले भने।
उनले सरकारले जंगल र निकुञ्जको जग्गा व्यक्तिलाई बाँड्ने षड्यन्त्र गरेर अध्यादेश ल्याएको आरोप लगाए। 'सरकार मुठ्ठीभर व्यापारीका लागि लागिपरेको छ। महँगी बढाएर जनताको ढाड सेक्ने काम गरेको छ। जंगलका जग्गा जमिन उद्योगलाई दिने खेल भइरहेको छ,' उनले भने। उनले सिमेन्टको उदाहरण दिँदै सरकारले ५ सय पर्ने सिमेन्टको मूल्य ८५० बनाएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस !
