संविधान संशोधनका लागि दलहरूबीच सहमति कायम गर्छौं : गृहमन्त्री लेखक

संविधान संशोधनका लागि दलहरूबीच सहमति कायम गर्छौं : गृहमन्त्री लेखक
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरूबीच सहमति कायम गर्ने बताएका छन्। बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्‍घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताए।

उनले केही दिनमा नै दुई दलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने जानकारी दिए। गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे।

अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उद्देश्य पूरा गर्नका लागि गठन भएको उनको भनाइ छ। उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.