पोखराका मेयर आचार्य डिस्चार्ज

पोखराका मेयर आचार्य डिस्चार्ज
सुन्नुहोस्

काठमाडौं : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालबाट मेयर आचार्य डिस्चार्ज भएका हुन्।

गत शनिबार पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा बेलुन पड्किँदा उनी घाइते भएका थिए। मेयर आचार्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडे घाइते भएका थिए। अर्थमन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन्। मेयर आचार्यले प्राविधिक त्रुटि हुँदा आफूहरू घाइते भएको बताएका छन्।

'पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) कीर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्रीज्यू तीन दिनअघि नै डिस्चार्ज हुनुभएको थियो। म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु। उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु,' मेयर आचार्यले भनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.