सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक होइन : शेखर कोइराला

सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक होइन : शेखर कोइराला

वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउनु र सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक नभएको बताएका छन्। नेपाली कांग्रेस सुर्खेतले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। 

उनले भने, ‘सरकारले अध्यादेश ल्याएको छ। अध्यादेशको कन्सेप्ट क्लियर हुनुपर्छ। सरकारले कामै गर्न नसक्ने बाध्यकारी अवस्थामा अध्यादेश ल्याउनुपर्छ। त्यसैका लागि हामीले संविधानमा अध्यादेशको व्यवस्था गरेको हो। तर अहिलेको अवस्था त्यस्तो होइन। सबै कानुनहरू अध्यादेशबाट ल्याउँदा त्यो लोकतान्त्रिक चरित्र भएन। विगतमा पनि अध्यादेश सरकारले ल्याउँदा नेपाली कांग्रेसले विरोध गरेको थियो। उति बेला बेठीक अहिले ठीक कसरी हुन्छ ? ‘हाम्रो प्रतिस्पर्धी एमाले हो। सधैँ एमालेको गुणगान गाएर पार्टीको हित हुँदैन। आगामी निर्वाचनहरूमा पनि हाम्रो प्रतिस्पर्धा एमालेसँग हो उनले भने।’

कांग्रेस नेता कोइरालाले सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु पनि गलत भएको बताए। उनले भने, ‘संसदलाई छलेर सरकार सञ्चालन गर्ने र दलीय संयन्त्र बनाएर अगाडि बढ्ने कम्युनिस्टको कल्चरमा छ। उनीहरू गर्छन्। उनीहरूको सिद्धान्तमा पनि यस्तो कुरा छ। तर कांग्रेसको कल्चर त्यस्तो होइन। हामीले सकभर यस्तो गर्नुहुँदैन। कांग्रेसको सिद्धान्त भित्र पनि यस्तो कुरा पर्दैन। यसले संसदीय व्यवस्थालाई नै कमजोर बनाउँछ।’ 

नेपाली कांग्रेसको भावी नेतृत्वको रुपमा देखिएका नेता कोइरालाले सुर्खेतमा भएको भव्य स्वागतले आफूलाई ऊर्जा प्रदान गरेको बताए। 
       
उनले कांग्रेस सरकारमा भए पनि सरकारलाई खबरदारी गर्न आवश्यक रहेको बताए। उनले भने, ‘हामी सत्तापक्षमा छौँ। कर्णालीमा पनि सत्ता पक्षमै छौँ। जो सरकारमा छन् उनीहरूले सरकारसँग सहकार्य गरून्। जो सरकारमा मन्त्री नभएर बाहिर छौँ। तिनीहरूले सरकारलाई राम्रो काम गराउनका लागि खबरदारी गर्नुपर्छ।’       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.