मधेस केन्द्रित ८ दलबीच सहकार्य गर्ने सहमति, एकताको लक्ष्यसहित बनाइयो कार्यदल

मधेस केन्द्रित ८ दलबीच सहकार्य गर्ने सहमति, एकताको लक्ष्यसहित बनाइयो कार्यदल
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : मधेस केन्द्रित ८ दलहरूबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ। सिंहदवारमा बसेको मधेस केन्द्रित दलहरूको बैठकले सहकार्य गरेर अघि बढ्ने निर्णय भएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताए।

उनका अनुसार एकता गर्ने लक्ष्यसहित ८ दलबाटै प्रतिनिधित्व हुनेगरी कार्यदल पनि बनाइएको छ। कार्यदलमा मनिष सुमन, लक्ष्मणलाल कर्ण, डा. सरद सिंह यादव, मोहम्मद इस्तियाक राई, गंगाराम चौधरी, शिवजी यादव र ब्रजकिशोर सिंह रहेका छन्। राजेन्द्र महतोको पार्टीबाट भने नाम आउन बाँकी रहेको नेता सुमनले बताए।

उनले पछिल्लो समयमा देशमा देखिएको राजनीतिक परिस्थिति र संविधान संशोधनका एजेन्डालगायतका विषयमा छलफल भएको बताए। सोही विषयमा ८ दलकै सामान धारणा बनाउनेगरी सहमति र सहकार्यका विषयमा विस्तृत छलफल भएको उनको भनाइ छ।

उनले ८ सदस्यीय कार्यदलले एकताको वातावरण बनाउने, सहकार्यलाई सुदृढ बनाउने र आगामी बैठकमा संयोजनलगायतका विषयमा छलफल चलाउने बताए। 'कार्यदलले पहिला त आफ्नै नामको न्वारन गर्नेछ। त्यसपछि आचारसंहिता, समान विचारको दस्तावेज बनाउने, आगामी बैठकको संयोजनलगायतका काम गर्नेछ। एकता नै हाम्रो लक्ष्य हो। अहिल्यै केही भन्न सकिन्नँ,' नेता सुमनले भने।

उनले सरकारले ल्याएको अध्यादेशका विषयमा पनि चर्चा भएको बताए। उनले मधेस केन्द्रित दलहरूको भूमिसम्बन्धी अध्यादेशमा बढी ध्यान गएको बताए। 'राष्ट्रपतिले पनि यो विधेयकलाई पछि मात्रै जारी गर्नुभयो। यो विधेयकका विषयमा विस्तृत अध्ययन गर्ने काम भइरहेको छ। हाम्रो भनाइ यति हो कि महेन्द्रीयवादी सोचले मधेसी र आदिवासीहरूलाई उसकै भूमिबाट विस्थापित गर्ने काम भएको छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.