बजेट सुनिश्चित नहुँदा बुढीगंगा अलपत्र

बजेट सुनिश्चित नहुँदा बुढीगंगा अलपत्र

अछाम : निर्माणाधीन २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजनाको काम अगाडि बढ्न सकेको छैन । जिल्लाको बहुप्रतीक्षित र बहुचर्चित जलविद्युत् आयोजनाको कामले गति लिन नसकेको हो । 

नेपाल सरकार अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता नहुँदा आयोजनाको काम सुरु हुन सकेको छैन । आयोजना बजेट सुनिश्चितताको पर्खाइमा छ । आयोजना खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा नेपाल सरकारले निर्माण गर्न लागेको हो । अर्धजलाशयुक्त आयोजना निर्माणका लागि सन् २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब रुपैयाँ ऋण सम्झौता भइसकेको छ । 

आयोजना निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब रुपैयाँ बजेटको सुनिश्चितता गर्नुपर्ने आयोजना प्रमुख स्वतन्त्रकुमार कर्णले बताए । उनले भने, ‘बजेट सुनिश्चितताको पर्र्खाइमा छौं, अर्थ मन्त्रालयले दुई अर्ब रुपैयाँ बजेट चार वर्षभित्र खर्च गर्ने गरी सुनिश्चितता गर्नु पर्नेछ । त्यसैलाई पर्खेर बसेका छौं, बर्सेनि फाइल अर्थमा बुझाउने गरेका छौं, आयोजनाको काम अगाडि बढ्न सकेको छैन । दातृ निकायसँग यही पुस २५ गते छलफल भएको छ, बजेट अभावमा आयोजना नरोकिने आश्वासन पाएका छौं ।’ 

नेपाल सरकारबाट स्रोत सुनिश्चितताको ‘ग्रिन सिग्नल’ पाए मात्र काम अगाडि बढाउने तयारी रहेको कर्णले बताए । करिब १९ करोड ९१ लाख ३३ हजार रुपैयाँ लागतमा अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्रालि र नेपालको कम्पनी उदय कन्सल्टेन्सीले आयोजनाको डीपीआर तयार पारेका छन्  । यी दुई कम्पनीसँग २०७२ असारमा सम्झौता भई २०७३ मा पुसमा डीपीआर तयार पार्ने जिम्मा पाएका थिए । 

सम्झौता अवधिभन्दा ६ वर्ष ढिला गरी डीपीआर तयार पारेका हुन् । आयोजनाको २०५२ सालदेखि अध्ययन सुरु भएको हो । २९ वर्षको अवधिसम्म पनि सोचेअनुरूप कामको प्रगति देखिँदैन । ड्यामयुक्त ३५ मेगावाट क्षमताको दार्चुलाको चमेलिया जलविद्युुत् आयोजना पछि सुदूरपश्चिम प्रदेशमा बूढीगंगा नदीमा रन अफ रिभर प्रणालीमा २० मेगावाटको जलविद्युत् आयोजनाको निर्माण सुरु भएको हो । साँफेबगर नगरपालिका १० घुघुरकोट ठाँटीका स्थानीय जयन्ती बोगटीले आफ्नै ठाउँमा उत्पादित बिजुली बाल्न आशामा यहाँका स्थानीय रहेको बताइन् । उनले भनिन्, ‘कार्यालय भवनदेखि केही भौतिक संरचनाहरू बनेका छन् । जग्गा अधिग्रहणका क्रममा पनि यहाँका स्थानीयहरूले निकै सहज तरिकाले सहयोग गरेका थिए । तर जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’ यहाँका नेताहरूको पहुँच केन्द्रमा नपुग्दा अर्थ मन्त्रालयमा काम रोकिएको बोगटीले बताइन् । 

यो आयोजनाका लागि सिभिल तथा हाइड्रो मेकानिकल वक्र्स लट–१, इलेक्ट्रो मेकानिकल वक्र्स लट–२ र प्रसारण लाइन तथा सबस्टेसन लट–३ गरी ३ छुट्टाछुट्टै प्याकेजमा निर्माण गर्ने गरी बहुवर्षीय ठेक्कामा जाने तय गरिएको छ । आयोजनाको निर्माण सम्पन्न लागत १० अर्ब ३३ करोड रुपैयाँ रहेको छ । साँफेबगर नगरपालिका– १० ठाँटीमा रहेको आयोजनाको कार्यालयबाट प्रभावित क्षेत्रका समुदायहरूका कार्यक्रमहरू मात्र सञ्चालनमा रहेका आयोजना प्रमुख कर्णले बताए । 

सामुदायिक सहयोग कार्यक्रमअन्र्तगत खानेपानी, सिँचाइ, विद्यालय भवन, शौचालय, घेरा पर्खालजस्ता स–साना निर्माणका कार्यक्रमहरू आयोजनामार्फत निरन्तर भइरहेको कर्णले बताए । हालसम्म आयोजनामार्फत आयोजना भवन तथा आवास गृह, क्याम्प साइड, सबस्टेसन, सबस्टेसन पहँुच मार्ग, ३ सय २७ रोपनी जग्गा अधिग्रहण, सर्ज ट्यांक, पहँुच मार्ग, पावर हाउस, पावर हाउस पहँुचका लागि पुल निर्माण, विस्फोटक पदार्थ भण्डारका लागि बंकर घर निर्माण, निर्माण सुपरिवेक्षणमा लागि परामर्श, आर्मी क्याम्प निर्माण सम्पन्न गरिएको प्रमुख कर्णले जानकारी दिए । 

उत्पादित विद्युत् साँफेबगर–पहलमानपुर १३२ केभी प्रसारण लाइनबाट कैलालीको पहलमानपुरमा रहेको सबस्टेसनमा जोडिनेछ । ८१.७० किलोमिटर लामो प्रसारण लाइन साँफेबगर, डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ । अछामको विकासका लागि मेरुदण्ड मानिएको आयोजनाको निर्माण सम्पन्न गर्ने मिति पटकपटक सारिँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.