दोस्रो चौमासिक नसकिँदै सबै योजना पूरा

दोस्रो चौमासिक नसकिँदै सबै योजना पूरा
सुन्नुहोस्

गोरखा : सहिद लखन थापा गाउँपालिका– ७ ले चालु आर्थिक वर्षको पूर्वाधार निर्माणतर्फका सबै योजनाहरू सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको दोस्रो चौमासिक नसकिँदै विनियोजित बजेट तथा कार्यक्रममा शतप्रतिशत प्रगति गरेको हो।

यस वर्ष सञ्चालन गर्न पालिकाबाट प्राप्त ५० लाख रुपैयाँका १२ पूर्वाधार निर्माणका योजनाहरू सम्पन्न गरी गाउँपालिकालाई लिखित जानकारी गराइसकेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।

सो वडाले गत वर्ष पनि दोस्रो चौमासिकभित्रै सबै योजनाहरू सम्पन्न गरी शतप्रतिशत कार्यप्रगति हासिल गरेको थियो। ‘यस वर्ष पनि उपभोक्ता समितिमार्फत सञ्चालन हुने यस वडाका सबै योजनाहरू माघ मसान्तभित्रै सम्पन्न भएको हो’, श्रेष्ठले भने, ‘यसबारेमा प्रतिवेदन तयार गरी गाउँपालिका कार्यालयमा जानकारी पठाइसकेको छु। गत वर्ष पनि हाम्रो वडा उत्कृष्ट वडा भनेर पुरस्कृत भएको थियो। यस वर्ष पनि त्यही विरासतलाई जोगाउने लक्ष्य राखेर काम गरेको हुँ’, उनले यस सफलताका लागि सबै उपभोक्ता समितिहरू र वडाबासी सबैलाई धन्यवाद व्यक्त गरेका छन्। 

तर्जुमा गरिएका सबै योजना तथा कार्यक्रमहरू सम्पन्न भई भुक्तानीसमेत भइसकेको भन्दै वडाध्यक्ष श्रेष्ठले बजेट अधिवेशनमा निर्धारण गरिएका कुनै पनि योजना रकमान्तर नभएको जानकारी दिए। वडाले अँधेरीगाउँ शिव मन्दिर पुनर्निर्माण, खाब्दी भन्ज्याङ गणेश मन्दिर निर्माण, देउराली सामुदायिक भवन माथि ट्रस निर्माण, लखन किल्ला भंगेरीथान सडक स्तरोन्नति र वनकाली गरन्जा गाउँहुँदै सुसारे गाउँ सडक स्तरोन्नति शीर्षकको योजनाहरू सम्पन्न गरेको उनको भनाइ छ। 

यसैगरी, काजी विराज थापामगरको सालिक एवं पार्क निर्माण, मास्कीछाप पूर्वसैनिक ट्रस्ट भवन निर्माण, वकेन्स्वाँरा माझगाउँ रिटेनिङ वाल तथा बाटो ढलान, सामुदायिक भवनमा शौचालय निर्माण र सिडीबाटो निर्माण तथा ढलान शीर्षकको योजनहरू पनि सम्पन्न भइसकेको बताइएको छ। 

वडावासी, जनप्रतिनिधि, उपभोक्ता समिति र कर्मचारीको मिहेनतका कारण नै सबै योजनाहरू छिट्टै सम्पादन भएको वडाध्यक्ष श्रेष्ठले बताए। ‘हाम्रो वडाले गत साउन २५ गतेभित्र सबै उपभोक्ता समितिहरू गठन गरिसकेको थियो’, उनले भने, ‘आर्थिक वर्षको एक महिना नबित्दै हामीले उपभोक्ता समितिहरू गठन गरेर योजना सम्झौताका कामहरू पनि सुरु गर्यौं‍। त्यसैले पनि छिटो काम सम्पन्न भएको हो।’ वडा र पालिकाको जनप्रतिनिधि र कर्मचारीहरूबीच राम्रो समन्वय भए विकासे योजनाहरू सम्पन्न हुन समय नलाग्ने उनी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.