एकैदिन २ हजार ३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । प्रतितोला सुनको मूल्य २ हजार तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
–––
प्रतिक्रिया दिनुहोस !
