माघ २४ गते बस्नेगरी कांग्रेस संसदीय दलको बैठक स्थगित

माघ २४ गते बस्नेगरी कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। माघ २४ गते बिहान बस्नेगरी बैठक स्थगित भएको हो। बैठकमा सदस्यहरूको बोल्ने क्रम नसकिएपछि बैठक २४ गते बिहान बस्नेगरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

उनले भने,' आजको बैठकमा बोल्ने क्रम सकिएन। २४ गते संसद बैठक हुन्छ। त्यही दिन बिहान ८ बजे बस्नेगरी बैठक स्थगित भएको छ।' उनका अनुसार बैठकमा सांसदहरूको बोल्ने क्रम सकिएको छ भने अब मन्त्रीहरू,पदाधिकारीहरू र नेताहरूको बाँकी छ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विविध विषयमा छलफल भएको उनको भनाइ छ।

यसैगरी बैठकमा ताप्लेजुङमा पाथीभारा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल समाधान गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेको र मन्त्री लेखकले वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको समेत उनले बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.