अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार पर्यटनः मुख्यमन्त्री आचार्य
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन्।
मदाने गाउँपालिका–६ गुल्मीमा रहेको कंके देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण तथा अन्तक्र्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। कंके देउराली जलासय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य भविष्य निर्धारण गर्ने महत्वपूर्ण हुने चर्चा गर्दै आयोजनालाई तीन तहका सरकारले साझा योजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
लुम्बिनी प्रदेश सरकारले प्रदेशको संस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको छ। प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आसपमा जोडेर आकर्षक सर्किट निर्माण गरिने, यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे।
‘हाम्रो प्रदेश मिनि नेपालका रूपमा परिचित छ। यहाँ हिमाल, पहाड, तरार्ईको विविधतायुक्त भूगोल छ। पुरातात्विक सम्पदाहरूको संरक्षण गरेर पर्यटकहरूलाई भिœयाउने मुख्य संकल्प छ,’ उनले भने, ‘समृद्ध लुम्बिनी प्रदेशको आधारका रूपमा पर्यटन क्षेत्रलाई लिएका छौं। यसबाट स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सक्ने प्रसस्त आधारहरू छन्। पर्यटन पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको, सरकारका विभिन्न निकाय, निजी क्षेत्र, स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे ।
‘हामी पर्यटनलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्न चाहन्छौं। यसका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र समग्र पर्यटन प्रबद्र्धनमा जोड दिएका छौं,’ उनले भने, ‘पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रसस्त रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ। कतिपय भइरहेको पनि छ।’ प्रदेश सरकारले दिगो पर्यटन प्रबद्र्धनमा ध्यान दिँदै नीतिगत सुधार लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताए।
मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्कालगायतको विशेष उपस्थिति थियो। अन्तरक्रिया तथा बैठकले कंके देउराली जलासय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रूपमा अघि बढाउने निचोड निकालेको छ।
कंके देउराली कस्तो आयोजना हो ?
कंके देउराली, जलसाय र बृहत्तर खानेपानी आयोजना नेपालकै राष्ट्रिय गौरवको महत्वपूर्ण र नमुना परियोजना हो। जसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको विकासमा ठूलो योदान पुर्याउने छ। यो आयोजनाको आर्थिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण छ। जसले मदानेको मात्रै नभएर छिमेकी जिल्लाहरू प्यूठान, अर्घाखाँची र वागलुङलाई मात्रै नभई लुम्बिनी प्रदेश र समग्र नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ। यो आयोजनाले सिँचाइ र कृषि उत्पादन बढाउन, पानी आपूर्ति र जनस्वास्थ्य सुधारमा, स्थानीय रोजगारी र व्यापार प्रबद्र्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ।
कंके देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछि पुर्काेटको कोट, अरबिन्द आश्रमको अवलोकन गरी ढोरपाटन क्षेत्रको अवलोकन तथा शिकार आरक्षमा सिकार गर्ने बनाउने, कंके देउराली गौमुखी हुँदै स्वर्गद्वारी यात्रामा सरिक गराउने, कंके देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछि पुर्काेटको कोट अवलोकन गराइ टोप्रेको गुफा गौमुखीको दर्शन गराइ स्वर्गद्वारी आश्रममा पुर्याउने, कंके देउराली धुर्काेट रेसुंगा हुँदै रुरु क्षेत्रको यात्रामा सरिक गराउने, कंके देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछि ऐतिहासिक धुर्काेटको कोट र विचित्र गुफाको अवलोकन गराइसकेपछि रेसुंगा तपोभूमि श्रृग्रेश्वर र रुरु क्षेत्रको यात्रामा सरिक गराउने योजना छ।
प्रतिक्रिया दिनुहोस !