औषधि पसललाई ४५ हजार जरिवाना

औषधि पसललाई ४५ हजार जरिवाना

रुकुम पूर्व : रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेका औषधि पसलहरूको अनुगमन गरिएको छ। 

सोमबार औषधि व्यवसायहरूले कानुन विपरीत औषधि बिक्री गरेको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काको नेतृत्वमा रुकुमकोट बजारमा रहेका औषधि पसलहरूको अनुगमन गरिएको हो।

सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेका ६ वटा निजी औषधि पसलमा अनुगमन गरिएको छ। जसमा ६ वटा निजी औषधि पसल मध्य ४ वटा औषधि पसलमा कानुन विपरीत कारोबार गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ४५ हजार जरिवाना गरिएको बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.