व्यापारिक महोत्सवमा निःशुल्क चस्मा वितरण

व्यापारिक महोत्सवमा निःशुल्क चस्मा वितरण

गुलरिया : बर्दियाको मधुवन नगरपालिकामा भइरहेको तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, सांस्कृतिक एवम् पर्यटन महोत्सवमा आँखाका बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको छ। 

नेपाल नेत्रज्योति संघ एवम् बर्दिया आँखा अस्पताल मधुवन बर्दियाको महोत्सव भित्र स्टलमा राखिएको आँखा जाँच कार्यक्रम मार्फत आँखाका बिरामीहरूलाई आवश्यक औषधी र चस्मा निःशुल्क रूपमा उपलब्ध गराइएको छ।

महोत्सव उद्घाटनसँगै सुरु भएको आँखा जाँच कार्यक्रममा ९ दिनको अवधिमा २ सय ५८ जनाले आँखा जाँच गराएको बर्दिया आँखा अस्पताल मधुवनकी नेत्र सहायक श्रृजना चौधरीले जानकारी दिइन्। ‘हामीले आवश्यकता पर्ने बिरामीहरूलाई निःशुल्क औषधी पनि उपलब्ध गराएका छौं। नाम दर्ताको लागि २५ रुपैयाँ मात्र शुल्क तिर्नु पर्छ। सोही अवधिमा आवश्यक पर्ने बिरामीलाई नजिकको लेखपढ गर्न मिल्ने १ सय ३१ जनालाई पावर सम्बन्धी चस्मा पनि निःशुल्क वितरण गरिएको छ,’ उनले भनिन्। 

महोत्सव स्टलमा आँखा जाँचका क्रममा छनौट भएका मोतिविन्दुका बिरामीहरूलाई बर्दिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ। नेत्र सहायक चौधरीले थपिन्, आँखा जाँच गर्न आउने ५० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई महोत्सव स्थल भित्र प्रवेश शुल्कको टिकटमा ५० प्रतिशत छुटको व्यवस्था समेत अस्पतालले प्रबन्ध गरेको छ। मधुवनमा अवस्थित आँखा अस्पतालले सो क्षेत्रमा लामो समयदेखि आँखा उपचारमा उल्लेख्य भूमिका निभाएको छ। 

अस्पतालले महोत्सव बाहेकका दिनहरूमा पनि निःशुल्क आँखा उपचारसँगै निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.