प्रतिनिधिसभा बैठक सुरू
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरू भएको छ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका माननीय सभापति अब्दुल खानले 'विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची छ।
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक,२०८० माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले "अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन " पेश गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !