क्यान्सर लाग्न नदिने कि

क्यान्सर लाग्न नदिने कि

क्यान्सर रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिने उपाय अपनाउनु बुद्धिमानी हुन्छ। त्यसका लागि सुधार्नुपर्ने पक्ष हो, जीवनशैली। अहिले अपनाइरहेको जीवनशैली स्वस्थकर छैन भने बानी सुधारिहालौं।


अमेरिकाकी मेरी साथी मधुमेह एवं हर्मोन रोग विशेषज्ञ हुन्। बिडम्बना ! उनलाई ओभरियन (डिम्बाशय) क्यान्सर भयो। ४० वर्ष पुग्दानपुग्दै क्यान्सरसँग लड्नु पर्‍यो। उनका दुई सन्तान छन्।

सर्वसाधारणमात्र होइन, डाक्टरहरूलाई पनि क्यान्सर रोग लागेको छ। ती मेरी डाक्टर साथीको क्यान्सर लागेको एक महिनाभित्रै ज्यान गयो। यो दुःखद् घटनाबाट हामीले ग्रहण गर्ने सन्देश के हो भने क्यान्सर रोगले विकसित वा अविकसित मुलुक भन्दैन। धनि वा गरिब, जाति, धर्म, लिंग, उमेर केही भन्दैन। जुनसुकै उमेरमा जसलाई पनि क्यान्सर हुन सक्छ।

कुनै कुनै क्यान्सर त यसरी फैलिसकेको हुन्छ कि जीवनको अन्तिम अवस्थामा मात्र पत्ता लाग्छ। समयमै उपचार नपाएर पनि कतिपयको अकालमा ज्यान जान्छ। परिवारमा कसैलाई क्यान्सर (फेमिली हिस्ट्री) छ भने अमेरिकीहरूले नियमित रूपमा जाँच, परीक्षणहरू गरिरहन्छन्। तर पनि क्यान्सरबाट ज्यान गइरहेको हुन्छ।

अहिले क्यान्सरका बिरामीहरूको जुन संख्यामा वृद्धि भइरहेको त्यो जीवनशैली नमिलेर नै हो। अधिकांश व्यक्तिहरू व्यस्त छन्, अहिले। व्यस्तताले जीवनशैली पनि अस्तव्यस्त हुन पुगेको छ। खानपान शुद्ध छैन। सही समयमा खानेबानी छैन। खुवाइ मिलेकै छैन। मोटोपना बढेको छ। व्यायाम गर्ने फुर्सद छैन। अहिले साक्षरता दर त बढेको छ। त्यसैले शिक्षा, जनचेतना बढेसँगै क्यान्सरका बिरामी घट्नुपर्ने हो।

तर उल्टै बढिरहेछ। किन त ? किनभने पहिलो हाम्रो हजुरबुवा हजुरआमाको पालमा खानपान शुद्ध थियो। अर्गानिक थियो। अहिले खाद्यान्न बाली, तरकारीमा कीटनाशक विषादी प्रयोग भइरहेको छ। सीमाभन्दा बढी कीटनाशक विषादीको प्रयोग, वायु प्रदूषणका कारण पनि क्यान्सरका बिरामी वृद्धि भइरहेको छ। धूमपान, मद्यपानको लत बढ्दै गएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को एक तथ्यांकअनुसार, क्यान्सरसँग सम्बन्धित मृत्युमध्ये ३.२ प्रतिशत मृत्यु मादक पदार्थ सेवनका कारण हुने गरेको छ। अमेरिकीहरू हरेक वर्ष स्क्रिनिङ (परीक्षण) गर्छन्। स्वस्थ भए पनि परीक्षण गरेर ढुक्क हुन्छन्। हामी अधिकांश नेपालीको बानी अझै पनि बिरामी भएपछि मात्र जँचाउने जाने प्रवृत्ति छ। यसका लागि सरकारले सरकारले स्वास्थ्य बिमाको दायरा बढाउनुपर्छ।

निजी क्षेत्रका बिमा कम्पनीहरूले स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्नुपर्ने जरुरी छ। जाँच, उपचारमा संलग्न निजी क्षेत्रका स्वास्थ्य संस्थाले एकजुट भएर बिरामीको परीक्षण र शुल्कमा एकरूपता कायम गर्नु आवश्यक छ। गैरसरकारी संघसंस्थाले पनि एकीकृत रूपमा कार्यक्रम सञ्चालन गर्दा प्रतिफल देखिन्छ। क्यान्सर रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिने उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुन्छ। त्यसका लागि सुधार्नुपर्ने पक्ष हो, जीवनशैली। अहिले अपनाइरहेको जीवनशैली स्वस्थकर छैन भने बानी सुधारिहाल्नुहोस्।

- अमेरिकामा कार्यरत इन्टरनल मेडिसिन एवं जीवनशैलीका विज्ञ घिमिरेसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानीमा आधारित।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.