क्यान्सरविरुद्ध अन्नपूर्णको सचेतना साइकल र्याली (Live)
काठमाडौं : क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्याली सुरु भएको छ। शनिबार बिहानबाट क्यान्सरविरुद्ध सचेतना साइकल र्याली हुन लागेको हो। र्यालीको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्दैछन्।
यो र्यालीका लागि ५ हजार जनाले दर्ता गराएका छन् भने ३३ कर्पोरेट हाउसले र्यालीलाई भव्य बनाउन सहकार्य गरेका छन्। हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्याली गर्दै आइरहेको छ। यो दसौं संस्करण हो।
‘क्यान्सरविरुद्ध सचेतना गराउनका लागि हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर साइकल र्याली गर्न थालेका हौं,’ अन्नपूर्णका महाप्रबन्धक मनोज बस्नेतले भने ‘हामीले अभियान सञ्चालन गर्दा समाजका सकारात्मक सदेश प्रवाह भई क्यान्सरविरुद्धको लडाइँमा सब एकजुट भई लागिरहेका छन्।’ क्यान्सरविरुद्धको सचेतना अभियानमा वातावरणलाई समेत जोडिएको उनले बताए। ‘क्लाइमेट फ्रेन्ड्ली एक्सन फर क्यान्सर फ्रि लाइफ’ भन्ने नारासमेत जोडिएको छ। उनका अनुसार साइकल र्यालीको नवौं संस्करणसम्ममा २० हजार जनाले यो अभियानमा सहभागिता जनाइसकेका छन्।
उनका अनुसार यो वर्षको क्यान्सरविरुद्धको सचेतना साइकल र्यालीमा ३३ कर्पोरेट हाउसहरूले सहकार्य गरेका छन्। र्यालीको केई नेपाल लक्ष्मी ई–मोबिलिटी मुख्य प्रायोजक रहेको छ। पावर्डबाईमा ईभी नेपाल मोटर्स, एनसेल फाउन्डेसन रहेको छ। बैंकिङ पार्टनरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक, इन्सुरेन्स पार्टनर शिखर इन्सुरेन्स, इन्टरनेट पार्टनरमा डिसहोम, पेमेन्ट पार्टनरमा ईसेवा, एजुकेसन पार्टनरमा नामी कलेज, मेडिकल पार्टनरमा उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस, सपोर्टेडबाई हार्र्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर, क्वेस्ट फर्मास्युटिकल्स्, एसियन पेन्टस्, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बंैक, क्रन्च वेफर कर्माचार्य बेक्स एन्ड फुड्स पोखरा, क्रियटिभ अब्रोड स्टडिज, प्याब्सन नेपाल, प्यांक बाइक, क्वालिटी दरबार बैंक्योट रेस्टुरेन्ट होटल, एमआईटी कलेज, नेपाल जेसिज, अन्नपूर्ण भेन्चर, सिम्रिक एयर, प्लसोनिक, हाइड्रेसन पार्टनरमा माटो नेपाल, बेभरेज पार्टनर फ्रुट एग्रो, रिक्रियसन पार्टनरमा दुसित थानी हिमालय रिसोर्ट धुलिखेल, दुसित प्रिन्सेस काठमाडौं रहेका छन्।
त्यसगैरी टेक्निकल सपोर्टमा नेपाल साकलिङ एसोसियसन, नेपाल साइकल सोसाइटी, साइकल सिटी नेटवर्क नेपाल रहेका छन्। ‘कर्पोरेट हाउसहरूसँग सहकार्य गरे अगाडि बढ्ने क्रममा विज्ञापनदाताहरूलाई दिने माइलेज अन्यभन्दा फरक र आकर्षक हुनेछ’, महाप्रबन्धक बस्नेतले भने।
प्रतिक्रिया दिनुहोस !