क्यान्सरको न्यूनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

क्यान्सरको न्यूनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका छन्। 

शनिबार काठमाडौंमा क्यान्सरविरुद्ध दशौं साइकल र्‍यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा धेरै व्यक्तिहरूले क्यान्सरका कारण दुःख पाइरहेको र धेरैको निधन भएकाले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका हुन्। 

null

क्यान्सर उपचारका लागि उपचारात्मक प्रणाली विकास गर्न अझै काम गर्न जरुरी रहेको उनले बताए। उनले क्यान्सर लगायतका अन्य रोगको उपचारात्मक प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे। मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्नेमा जोड दिए। 

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा राइड फर लाइफ २०२५ सचेतना साइकल र्‍यालीको आयोजना गरेको हो। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.